चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँः नम्रता  श्रेष्ठ

फिल्मी फण्डा । अभिनेत्री नम्रता श्रेष्ठले तीन महिनाको अन्तरालपछि सोमबार बेलुका  ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छिन् ।

फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी छन् । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले लेखेकी छन् ।

उक्त फोटोमा नम्रता जिन्सको आउटरमा आकर्षक देखिएकी छिन् । फोटोको पृष्ठभूमिमा कुनै ताल देखिन्छ । 

नम्रताले पछिल्लोपटक १५ अक्टोबरमा दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेकी थिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech