यी हुन् ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को चार फाइनलिस्ट

फिल्मी फण्डा ।  ‘भ्वाइस अफ नेपाल’ सिजन ५ ले चार फाइनलिस्ट प्राप्त गरेको छ । शनिबार लाइभ राउण्ड सकिएसँगै फिनालेको समीकरण तयार भएको हो ।

पछिल्लो एपिसोडमा टीम राजेशपायल राईको समूहबाट मकर योञ्जन फाइनलमा प्रवेश गरे । टीम मिलन नेवारबाट विनोद राई, टीम प्रमोद खरेलबाट नोगेन लिम्बु, टीम राजेशपायल राईबाट मकरबहादुर योञ्जन र टीम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट बनेका छन् ।


चारैजना फाइनलिस्टको भोटिङ पनि खुला भएको छ । भ्वाइसको फिनाले आगामी शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech