'ज्याकी आई एम ट्वान्टी वान' पोस्टरमा धिरजको दोहोरो चरित्र

फिल्मी फण्डा ।  रेनासा वान्तवा राइको निर्देशनमा बनेको फिल्म 'ज्याकी आई एम ट्वान्टी वान' को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा मुख्य भूमिकामा रहेका अभिनेता धिरज मगरको दुई ओटा चरित्र देखाइएको छ । यो बाट के अड्कल काट्न सकीन्छ भने_'धिरज यो फिल्ममा दोहोरो भूमिकामा छन्' । 

BF64C971-3EF5-4F15-A77F-BDC29D53C6BF.jpeg

उनको एउटा चरित्र लाहुरेको पोसाक लगाएको छ भने अर्को डान्सरले लगाउने जस्तो पोसाक छ । 

यो फिल्ममा अभिनेत्री जसिता गुरुङको पनि मुख्य भूमिका भनिएको छ । तर, जसितालाई भने फिल्म पोस्टरमा राखेको छैन । केही दिन अगाडि मात्र सार्वजनिक भएको फिल्मको फस्टलुक भिडियोमा पनि देखीइनन् ।

जे होस्, बैशाख २१ बाट प्रदर्शनमा आउने फिल्म आइकोर फिल्म्सको व्यानरमा निर्माण भएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech