फिल्मी फण्डा । भूषण कुमार, अनुराग बसु र कार्तिक आर्यन ‘आशिकी’ फिल्मको तेस्रो श्रृंखलाको तयारीमा छन । फिल्ममा कार्तिक आर्यनको अपोजिटमा ‘एनिमल’ फेम्ड अभिनेत्री तृप्ती डिम्रीले रोमान्स गर्ने पक्का भएको छ ।
निर्माताले आर्यनको अपोजिटमा डिम्रीलाई कास्ट गरिएको जनाएका छन् । ‘एनिमल’ रिलिजपछि तृप्तीलाई भारतमा ‘नेसनल क्रस’को रुपमा चिनाइएको छ ।
अनुराग बसुले निर्देशित गर्ने यो फिल्म सन् २०२४ को पहिलो चौमासिकदेखि छायांकनमा जाने बताइएको छ ।