सुपरस्टार प्रभासको फिल्म ‘सलार’ले दुई दिनमा कमायो २८५ करोड

फिल्मी फण्डा। साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’ले ओपनिङ दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख कमाएको थियो भने दोस्रो दिन ५५ करोड कमाएको छ । फिल्मको आम्दानी अहिलेसम्म भारतमा मात्र १४५ करोड ७० लाख भएको छ । 

ट्रेड एक्सपटको भनाई मान्ने हो भने फिल्मले ग्लोबल मार्केटमा पहिलो दिन १७८.७ करोड र दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ । दुई दिनमा ‘सलार’ को ग्लोबल कलेक्सन २८५ करोड भएको छ ।

यो वर्षको सबैभन्दा बढी ओपनिङ बिजनेस गर्ने फिल्म पनि बनेको छ । फिल्मले पहिलो दिन १७८.७ करोड कमाएर यो रेकर्ड बनाएको थियो । फिल्मले भारतमा मात्र ९० करोड ७० लाखको ओपनिङ विजनेश गरेको छ । 

‘सालार’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामीको पनि महत्त्वपूर्ण भूमिका छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech