दिपेन्द्रको 'नांगो गाउँ' मा साम्राज्ञी र कर्म

फिल्मी फण्डा  ।  संचारकर्मी तथा निर्देशक दिपेन्द्र लामा निर्देशन गर्ने भनिएको फिल्म 'नांगो गाउँ' मा अभिनेता कर्म र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएका छन् । 

हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण र दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहने फिल्ममा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायत कलाकार फाइनल भइसकेका थिए । 

'नांगो गाउँ'लाई 'पूना फिल्म इन्स्टिच्युट'का प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्नेछन् । आरआर फिल्म्सले वितरण गर्ने फिल्म फाल्गुनको अन्तिम साता फ्लोरमा जाने निर्देशक लामाले बताएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech