भारतीय अभिनेता ‘गजनी’ भिलेन नेपाल आउने भएपछि सुरु भयो नीताको ‘ह्रस्वदीर्घ’को छायांकन

फिल्मी फण्डा। अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने छ ।

नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् ।

फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्नेछन । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै छन ।

फिल्ममा नीतासहित सलोन बस्नेत, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा र भारतीय अभिनेता ब्रह्मानन्द पनि कलाकारको रुपमा छन् । विपनाले मंगलबारदेखि सुटिङ सेट ज्वाइन गर्ने बुझिएको छ । कबीर लालले फिल्म खिचिरहेका छन् । फिल्मको निर्देशक चन्द्र पन्तले गरिरहेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech