फिल्मी फण्डा । पछिल्लो केही समयदेखि एकपछि अर्को गर्दै फिल्महरु फ्लप भएपछि फ्लपको बिल्ला हटाउन यति बेला दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म सालार हिट हुन आवश्यकता छ । बाहुबली पछि उनको कुनै पनि फिल्मले सफलता हासिल गर्न सकेका छैनन । प्रभासको फिल्म बक्स अफिसमा बलिउडका शाहरुख खानको डंकीसँग भिड्दैछ ।
आफूमाथिको फ्लपको ट्याग हटाउन यतिबेला सालार हिट हुनु प्रभासका लागि अति जरुरी बनेको छ । हिन्दी भाषा बोलिने भेगमा रिलिज भएका राधेश्याम र आदिपुरुष त फ्लप नै भयो ।
एक पछि अर्को गर्दै फ्लप फिल्म दिइरहेका प्रभासमाथि यति बेला मेकरहरु पैसा खन्याउनबाट बचिरहेका छन् । कयौं मेकर त सालारको रिलिजपछि प्रभासको करियरले कुन मोड लेला भनेर पनि कुरिरहेका छन् । तर यति बेला सालार हिट हुनुले उनको करियरको दिशा तय गर्ने दक्षिण भारतीय फिल्मका ट्रेड विश्लेषक रमेश बाला भन्छन् ।