पुष्पको करिअर अब के होला ?

फिल्मी फण्डा । फिल्म 'मङ्गलम' गरेपछि अभिनेता पुष्प खड्काको अभिनयको सर्वत्र चर्चा भयो । उनले करिअरको दोस्रो फिल्मबाटै रास्ट्रीय अवार्डका साथै अरु पनि थुप्रै अवार्ड उचाले । बक्स अफिसमा पनि सफल भएको थियो 'मङ्गलम' ।

त्यसपछि पुष्पबाट दर्शक र संचारकर्मीले ठुला ठुला अपेक्षा राख्न थाले । सयौं म्युजिक भिडियोमा अभिनय गरेर फिल्ममा प्रवेश गरेका पुष्पलाई स्टार हीरोहरु मध्येको एक मानिन थालियो । उनको तेस्रो सिनेमा 'मारुनी'ले पनि तारिफ पायो । 'मारुनी'मा पुष्पको अभिनय 'मङ्गलम'को जत्तिको उत्कृष्ट भने थिएन । तर पनि 'मारुनी' व्यापार राम्रै गर्यो । 

राम्रा व्यानरका राम्रा सिनेमा मात्र गरिरहेका पुष्पले राम्रै फिल्म गर्छन्, कथा छान्ने कला छ पुष्पमा भन्ने मानसिकता थियो दर्शकमा । तर, यो वर्ष पुष्पको अभिनय रहेका फिल्महरुले फ्ल्पमा ह्याट्रीक नै हान्यो । उनले अभिनय गरेका ३ फिल्म कृष्ण लीला, तिम्रो मेरो साथ र मन संग मन रिलिज भए । तर, कुनैले पनि पानि माग्न पाएन । प्रतिक्रिया पनि राम्रा आएनन् ।

मन संग मनले त पुष्पको करिअरकै लज्जास्पद फिल्म हो । प्रेस शो मा फिल्म हेरेपछि 'संचारकर्मी मेडिकलमा सिटामोल किन्न पुगे' भनेर सम्म भने । सिरियल भन्दा तल्लो स्तरको फिल्म खेल्दा पुष्पको करिअरलाई ठुलो हानि पुगेको छ । अब पुष्पलाई आफ्नो करिअर अगाडि बढाउनै मुस्किल पो हुने हो कि भनेर सम्म चर्चा भैरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech