एन्जेलिना जोली पतिसँगको सम्बन्ध विच्छेदको कारण हलिउड छोेडदै

फिल्मी फण्डा । हलिउड अभिनेत्री एन्जेलिना जोलीले हलिउड र लस एञ्जलस (एलए) छाड्ने योजना बनाएकी छन् । हालै एउटा अन्तरवार्तामा जोलीले सही समय आएपछि कम्बोडिया बसाई सर्ने बताएकी थिइन् ।

एलए छाड्नुको कारण ब्राड पिटसँगको सम्बन्ध विच्छेद र कानूनी लडाई भएको उनले स्वीकार गरेकी छन् ।‘म अभिनेत्री हुन्नथे भने यसरी सार्वजनिक भएर यति धेरै कुरा भन्दिनथे । म हलिउडकै वरिपरि हुर्केर बढेको हुँ, त्यसैले यसबाट धेरै प्रभावित भएकी छैन । मैले कहिले पनि यसलाई त्यति धेरै महत्वपूर्ण मानिन,’ जोलीले भनिन्,‘मेरो सम्बन्ध विच्छेदपछि जे भयो यो सबै त्यसकै हिस्सा हो ।

मैले स्वतन्त्र रुपमा रहने र यात्रा गर्ने क्षमता गुमाए । जतिबेला सम्भव हुन्छ म जान्छु ।’एलए छाड्नुको कारण खुलाउँदै जोलीले भनिन् । हलिउडलाई उनले स्वस्थ ठाउँ नभएको पनि बताएकी छन् । अहिले आफ्नो कुनै सोसल लाइफ नभएको जोलीको भनाई छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech