राजकुमार हिरानी निर्देशित फिल्म  ‘डंकी’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा। बलिउडका किङ खान शाहरुखको आगामी फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित फिल्मको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्य र गीतले प्राथमिकता पाएको छ । 

फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्ममा शाहरुखका अलावा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोभर लगायतको अभिनय छ ।

हिरानीले नै कथा रहेको फिल्ममा शाहरुखको ‘पठान’ र ‘जवान’ भन्दा भिन्न लुक्स देख्न सकिन्छ । ३ मिनेट २१ सेकेन्डको ट्रेलरले फिल्मको केही कथा समेत बोल्ने प्रयास गरेको छ । 

जियो स्टुडियो, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सद्वारा निर्मित फिल्मका निर्माता राजकुमार हिरानी र गौरी खान हुन् । फिल्म २१ डिसेम्बर २०२३ मा सार्वजनिक प्रदर्शनमा आउदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech