कंगना भन्छिन– चण्डीगढबाट चुनाव लड्ने चर्चा  अड्कलबाजी हो 

फिल्मी फण्डा । अभिनेत्री कंगना रनौतले आफ्नो इन्स्टाग्राममा चुनाव लड्ने खबरको खण्डन गर्दै त्यस्ता समाचारलाई अड्कलबाजी भनेकी छिन् । लोकसभा चुनाव नजिकिँदै गर्दा टिकटका धेरै दाबेदारहरू आउन थालेका छन् ।

भाजपा र आम आदमी पार्टीमा धेरै नामको चर्चा भइरहेको छ। तर, पार्टीका वरिष्ठ नेताहरू अहिले अनुमान मात्रै भइरहेको बताउँछन् । यी कुरामा कुनै सत्यता नभएको उनीहरूको भनाई छ । केही दिनअघि कंगना भाजपाबाट र अभिनेत्री परिणीति चोपडा आम आदमी पार्टीबाट चुनाव लड्ने हल्ला फैलिएको थियो ।

शुक्रबार धेरै राष्ट्रिय च्यानलहरूले यी समाचारहरू चलाउँदा यी अफवाहहरूले गति लिए । त्यसपछि कंगना आफै अगाडि आएर यसको खण्डन गरिन् । कंगना रनौतले आफ्नो इन्स्टा अकाउन्टमा चण्डीगढ लोकसभा सीटबाट चुनाव लड्ने सम्बन्धमा बयान जारी गरेकी छिन् ।

कंगनाले चुनाव लड्ने कुनै पनि चर्चा वा समाचार अफवाह भएको बताएकी छन् । आफूले चुनाव लड्ने बारे आएका सबै समाचार अड्कलबाजी मात्र भएको उनको जिकिर छ। कंगनाले लेखेकी छिन्, ‘मेरा आफन्त र साथीभाइले उक्त समाचारको हेडिङलाई मेरो कथन मानेर पठाइरहेका छन् । तर हेडिङ मेरो भनाई होइन, यो सबै अनुमान हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech