फिल्मी फण्डा । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो ।
कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी ९सीयूएसएटी० मा आयोजित टेक फेष्टमा पर्फमेन्श गर्ने वाला थिइन् । फेष्ट सुरु हुँदै गर्दा पानी परेपछि भागाभाग हुँदा ४ जना विद्यार्थीको मृत्यु भयो भने अरू ६५ जना घाइते भए ।
यो घटना हुँदा निकिताले गाउन सुरु पनि गरेकै थिइनन् । कार्यक्रममा टिकट भएकाहरुलाई मात्रै छिर्न दिइएको थियो । तर कन्सर्ट स्थलबाहिर पनि ठूलो भिड लागेको थियो । एउटै गेटबाट भित्रिने र बाहिरिने व्यवस्था गरिएकोले भागाभाग मच्चिएको बताइएको छ ।
पछिल्लो समय निकिताको टाइगर ३ मा लेके प्रभुका नाम भन्ने गीत रिलिज भएको थियो ।