फिल्मी फण्डा । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई फिल्म उद्धोगको स्टारडम भएकी अभिनेत्री भनिन्छ । तर, यो कुरा लगभग अपुष्ट जस्तै भैसकेको छ ।
साम्राज्ञीका पछिल्ला ३ फिल्मले लगातार पानीसम्म माग्न पाएन । रातो टीका निधारमा, तिम्रो मेरो साथ र ह्यारी कि प्यारी बक्स अफिसमा नमज्जाले पछारीएपछी उनको थाप्लोमा फ्लप फिल्मको भारी छ । त्यो भन्दा अगाडी पनि तिमी सँग र कायरा असफल भएका थिए । बिचमा मारुनीले राम्रै व्यापार गरेको थियो ।
साम्राज्ञी कुनै फिल्ममा अनुबन्धित हुनुपर्यो भने १५ देखि २० लाखसम्म पारिश्रमिक माग्छिन् । पैसा भएका निर्माताले मात्र उनलाइ अफर गर्ने हिम्मत गर्थे । तर, अब साम्राज्ञीको करिअर नै संकटमा भनेरसम्म भन्न थालिसकेका छन् ।
साम्राज्ञीलाई केही फिल्मको अफर भने पुगेको बुझ्नमा आएको छ । तर, लगातार फ्लप फिल्म दिएकी साम्राज्ञीले आफ्नो पारिश्रमिक भने घटाएकि छैनन् । उनले पैसा राम्रो दिए मात्र फिल्म गर्न सहमती हुने कुरा पनि सुन्नमा आएको छ । पछील्लो समय साम्राज्ञी राम्रो बिषयवस्तु भन्दा पैसामा ध्यान बढाउन थालेको यसबाट बुझ्न सकिन्छ ।