फिल्मी फण्डा । कुनै बेला टेलिभिजनको पर्दामा देखिने धुर्मुस र सुन्तली दर्शकको अतिप्रीय पात्र थिए । धुर्मुस-सुन्तलीको सिरियल मेरी बास्सै हेर्न दर्शक टेलिभिजनको पर्दा अगाडी कुरेर बस्थे । धुर्मुस-सुन्तली गाउँ, सहर सबैतिर परिचित हुनाका साथै सर्वप्रीय थिए । तर, २०७२ सालमा गएको भूकम्प पछी उनीहरुमा समाजसेवा गर्ने भुत सवार भयो । सिरियल बनाउन छाडेर धुर्मुस-सुन्तली बस्ति बनाउन तात्तिए र केहि बस्ति बनाए ।त्यस पछि त जनताले उनीहरुलाई भगवान नै बनाइदिए । सिंगो देश धुर्मुस-सुन्तलीको पक्षमा देखिए । उनीहरुको नाममा पैसा पठाउनेको कुनै कमि थिएन ।
यसैबाट हौसियर उनिहरुले साढे ३ अर्बमा तयार हुने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरे । चितवनमा रंगशाला बनाउन सुरु गर्दा पनि देश विदेशमा रहेका धेरै नेपालीहरुले सहयोग गरे । जनता मात्र नभइ उनिहरुलाई प्रदेश सरकार र स्थानीय सरकारले समेत सहयोग गर्यो ।
पैसा जुटाउन बीचबीचमा धुर्मुसले ‘फण्डा’को बाटो नअपनाएका पनि होइनन् । तर, रंगशालाको काम ५/७ करोडमा तयार हुने बस्ति बनाउन जस्तो सहज थिएन ।
धुर्मुस सुन्तलीले रंगशालाको परियोजनाबाट हात उठाइसकेका छन् । धुर्मुस सुन्तलीले उठाएको १८ करोड ऋण तिरे पछि मात्र रंगशालाको काम अगाडी बढ्न सक्ने नत्र नसक्ने बताउछिन् भरतपुर महानागरपालीकाकी मेयर रेणु दाहाल । त्यसैले अब यो रंगशाला नबन्ने प्रवल शम्भावाना छ ।
यता,धुर्मुस सुन्तलीले विभिन्न ठाउँबाट लिएको ऋण र उठेको पैसा कहाँ र कसरी प्रयोग भयो भन्ने कुराको विवरण अहिले सम्म पनि सार्वजनिक गरेका छैनन् । भरतपुर महानगरपालीकाले स्वतन्त्र लेखा परीक्षक लगाएर तयार पारेको प्रतिवेदनमा भने सरकारी निकाय, संघ संस्था र देश विदेशमा बस्ने नेपालीले पठाएको रकम सहित ३९ करोड रुपैयाँ जम्मा भएको रेकर्ड छ । ६३ करोड बढी कुल खर्च भएको देखाइएको छ ।
विभिन्न व्यक्ति र सहकारी गरेर १८ करोड बढी ऋण छ । अहिले यो परियोजना महानगरको हातमा छ भने धुर्मुस सुन्तली लुकेर बसेका छन् । केहि बोलेका छैनन । जनता आक्रोशित छन् । उठेका पैसाको अनियमितता भएको जनताले आशंका गरेका छन् । अहिले फेरी यो विवाद तात्तिएको छ । विधार्थीले आफ्नो खाजा खर्च कटाएर दिएको पैसा, वृद्ध आमाले आफ्नो भत्ता जोगाएर दिएको पैसा, विदेशमा रगत पसिना बगाएर कमाएर पठाएको युवाको पैसा खै ? भनेर प्रश्न गरिरहेका छन् । ति प्रश्नहरुले जवाफ कहिले पाउने हुन् थाहा छैन । अब रंगशाला बने पनि नबनेपनी हिसाब किताब देखाइदिए जनतामा वितृष्णा छाउदैन थियो कि !