फिल्मी फण्डा । बलिउड फिल्म ‘टाइगर ३’ आइतबारदेखि प्रदर्शनमा आएको छ । यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् ।
‘टाइगर ३’ मा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका छ भने शाहरुख खान र ऋतिक रोशनको समेत सशक्त केमियो भूमिका छ ।टाइगर ३’ भारतीय जासूस एजेन्सी रअका टाइगर (सलमान खान)को वरपर घुमेको छ ।
फिल्मको अन्त्यमा युनिभर्सको आगामी श्रृंखलाको रुपमा ‘वार’ कबीर अर्थात् ऋतिक रोशनलाई दर्शाइएको छ । कबीरलाई खतरनाक लडाकुको भूमिकामा देखाइएको छ ।
तिहार बिदामा रिलिज भएको यो फिल्मले आक्रामक ओपनिङ गर्ने पक्का छ ।