निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’लाई लाएडभान्स बुकिङमा उच्च शो

फिल्मी फण्डा। ‘दिमाग खराब’ आगामी शुक्रबारदेखि  प्रदर्शनमा आउँदै छ । निश्चल बस्नेतको ६ बर्षपछि निर्देशनमा कमब्याक फिल्म ‘दिमाग खराब’लाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले उच्च  शोहरु उपलब्ध गराउँदै एड्भान्स बुकिङ खुलाएका छन् । फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा डेढ सय बढी शो प्राप्त गरेको छ ।

फिल्मलाई देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी ५८ शोज दिएको छ भने दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले १४ शोज, एफक्युबले ६ शोज, वान सिनेमाजले दुई हलमा गरी १० शोज, बिग मुभिज र क्यूज सिनेमाजले समान ५र५ शोज, रञ्जना सिनेप्लेक्सले ७ शोज, सिके सिनेमाजले ५ शोज, सिडिसी सिनेमाले ३ शोज दिएको छ । 

‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्का लगायतको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech