‘दिमाग खराब’ साधारण मानिसले समाज र सिस्टमसँग भोग्ने हैरानी हो : निश्चल बस्नेत

फिल्मी फण्डा। तिहारको अवसर पारेर आगामी शुक्रबारदेखि फिल्म ‘दिमाग खराब’ रिलिज हुँदै छ । 

फिल्म निश्चल बस्नेतले निर्देशन गरेका हुन् । ‘लुट’बाट निर्देशनमा होमिएका बस्नेत तेस्रो फिल्म ‘लुट २’ दिएका थिए । त्यसपछि करिब ६ वर्षपछि ग्याप बसेका उनले अहिले यो फिल्म बनाएका हुन् । 
 एक व्यक्तिको सिम्पल कथामा आफूले ‘दिमाग खराब’ बनाएको निश्चल बताउँछन् ।

‘फिल्मको ट्रेलर हेर्दा फिल्ममा विभिन्न विषयवस्नु रहेको अनुमान गर्न सकिन्छ’, निश्चलले भने ‘फिल्म एउटा सिम्पल कथामा बनेको छ । ट्रेलरमा देखिएका विभिन्न विषयवस्तु कथामा आउने उतारचढाव हुन् ।’

हुन त ट्रेलर हेर्दा ‘दिमाग खराब’ राजनीतिक विषयवस्तुको फिल्म हो कि भन्ने भान पनि हुन्छ । निश्चल यो राजनीतिक फिल्म नभएको स्पष्ट पर्छन् ।

  फिल्म त्यही हो’, निश्चलले थपे, ‘एउटा सामाजिक कथामा बनेको फिल्म हो । यसमा राजनीति नै झुकेर आउँछ भन्ने देखाइएको छ ।’

‘दिमाग खराब’ रौनक विक्रम कँडेलले बनाएका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जनलगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता सुरजबम ठकुरी रहेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech