सलमान खानको फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज

फिल्मी फण्डा । सलमान खानको  फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज गरिएको छ ।केहि समयअघि फिल्मको ट्रेलर र पहिलो गीत रिलिज गरिएको थियो । 

सोमबार भने अरजित सिंहको आवाजमा अर्को गीत पनि जारी गरिएको छ । निर्माताहरुले फिल्मको गीत रुआंको लिरिकल भिडियो जारी गरेका हुन् । सलमानले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो गीत शेयर गरेका थिए । यो रोमान्टिक गीत हो । टाइगर ३ दिपावलीमा रिलिज हुँदै छ ।

यो गीतते फिल्मको महत्वपूर्ण कथानक खुलासा हुने हो कि भनेर निर्माता आदित्य चोपडाले रुआं गीतको रिलिज पछाडि धकेलेका थिए । दर्शकहरूलाई हलसम्म तान्न मेकरहरुले यो फिल्मबारे कयौँ कुरा गोप्य नै राखेका छन् । 

https://youtu.be/SBtnlfaPqvY?si=tUtIXqFdvJlAUSe7

 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech