फिल्मी फण्डा । लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ले अमेरिकाको न्युजर्सीमा बंगलादेशकी चर्चित गायिका मेज्झाबिन मेहासँग सांगीतिक कार्यक्रम गरेका छन् । एआरसिफर नेपालको आयोजना रहेको ‘ह्यापी दशैँ एण्ड तिहार’ नाम दिइएको कार्यक्रममा दुबैको प्रस्तुतिमा दर्शक झुमेर नाचेका थिए ।
कार्यक्रममा त्रिपाठीले जादु, कमेडी प्रहसन, गीत र नृत्य प्रस्तुत गर्दा बंगाली गायिका मेहाले समेत हिन्दी र नेपाली गीतहरु प्रस्तुत गरेकी थिइन् ।
मेज्झाबिनले हिन्दीमा बिभिन्न चलेका गीतहरु प्रस्तुत गरेकी थिइन् भने नेपालीमा ‘सम्झना बिर्सन सलल’ र ‘तिम्रो जिरो फिगर’ गाएर दर्शक नचाएकी थिइन् ।