फिल्मी फण्डा । राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म 'नम्बरी सुन'को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन सुरु भएको छ । शुक्रबार फिल्मको एक गीतबाट छायांकन सुरु गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने फिल्ममा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।
नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक रहने छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायंकन हुने बताइएको छ ।