रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा– युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब एक वर्षपछि नयाँ गीत ‘पिरतीको झोली’ सार्वजनिक गरेकी छिन् । मनोरमा सुनुवार र रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज छ ।

म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण रहेको  भिडियोमा विकास लामिछाने र आभा थापाको अभिनय छ ।

गणेश शाहीको निर्देशन रहेको भिडियोमा विशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन छ । एक समय लोकप्रिय सुनुवारका ‘क्या मिठो गीत’, ‘मै ठूली भईछु रे’, ‘हुरी आयो’, ‘मलाई कस्तो देख्छ’, ‘ओई नक्कले’ र ‘राधा तिमी’ लगायत गीतहरु चर्चित छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech