फिल्मी फण्डा, गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको दशैं गीत ‘आउँछु घर दसैँमा’ सार्वजनिक गरिएको छ । गायक भण्डारीकै शब्द तथा संगीत रहेको गीतमा एरेन्ज जय देवकोटाले गरेका छन् ।
गीतको भिडियोमा दसैँका लागि विदेशमा रहेका युवक घर फर्किदै गरेको दृश्य देख्न सकिन्छ । भिडियोमा भुवन।के पोखरेल र अनिशा पराजुलीको अभिनय छ ।गायक भण्डारीके निर्देशन रहेको भिडियोमा छायांकन तथा सम्पादन प्रवेश पोखरेलको छ ।
भिडियोमा रहेको एक्सन निर्देशन छवि भुषाल र रिकेश धिताल गरेका छन् ।दशैं लक्षित आफ्नो गीतले दर्शक तथा स्रोताको माया पाउनेमा गायक भण्डारी विश्वस्त छन् । उनले झण्डै दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।