गायक राजेशपायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियोसहित सार्वजनिक

फिल्मी फण्डा- गायक राजेशपायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियोसहित सार्वजनिक गरिएको छ। 

दाहाल सन्तोषको शब्द रचना रहेको गीतमा संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन्। भिडियोका निर्माता कृष्ण घिमिरे हुन्। 

सुरेश काफ्लेले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक पौडेलले गीतको शब्द अनुसार भिडियो निर्माण गरेका छन्। 'पिपल डाँडैमा' बोलको रोमान्टिक भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech