लोक गायक कस्तुप पन्तको ‘कसो गरम म’ सार्वजनिक

 ‘फिल्मी फण्डा ‘म त धेरै पटक मरेर बाँचेको मान्छे’ यस्ता धारणा मनिसले त्यतिबेला राख्छन्, जतिबेला आसा मारिएको जिन्दगी पुनर्जीवित बन्छ ।यस्तै पीडादायक भावना टपक्कै टिपेर गायक तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘कसो गरम म’ ल्याएका छन् । पन्तकै लय तथा शब्द रहेको गीतमा गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् ।गीतको भिडियोमा सर्जका पन्तको अलवा जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतका कलाकारको अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन्, भने सम्पादन अमृत चापागाईंको छ । 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech