फिल्मी फण्डा । अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म ‘उपहार’ माघ २६ गते प्रदर्शन हुने भएको छ । यस अगाडि नयाँ वर्ष रिलिज मिति भनिएको फिल्म अहिले माघमा सारिएको हो ।
‘उपहार’ ३ महिला पात्रको कथामा निर्माण भएको फिल्म हो । फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा रहेको फिल्ममा मुकुन भुषाल, तेज गिरी र मिष्टर नेपाल समर्पण जंग थापाको पनि मुख्य भूमिका छन् ।