१०० भन्दा भढि बसहरु 'भष्मेमय' हुने

फिल्मी फण्डा- १००  भन्दा भढि बसहरु 'भष्मेमय' हुने भएका छन्। आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चल्चित्र  ‘भष्मे डन’ का लागि ५० भन्दा भढि बसहरु भष्मेमय भैसकेका छन भने आधा बसहरु भष्मेमय हुने तयारिमा रहेको चल्चित्रका निर्देशक दिपेन्द्र के खनालले फिल्मी फण्डालाई बताए।

फिल्ममा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ ।  फिल्ममा प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा लगायतका कलाकार छन्।  त्यसैगरी सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय रहनेछ। भष्मे डन'को दोस्रो गीत 'प्रेम शरणम्' सार्वजनिक भैसकेको छ् । ट्रेलर छिट्टै सार्वजनिक हुने निर्देशक खनालले  बताए

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech