गायिका दिलमाया खातीको निधन

फिल्मी फण्डा  । गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित खातीको ८४ वर्षको उमेरमा मंगलबार राति भारतको सिलगुढीमा निधन भएको  हो।  उनी सन् १९३९  अक्टुबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी हुन्। दिलमायालाई 'मेलोडी मुन'भनेर पनि चिनिन्छ ।

खाति पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। 'बिछोडको पीड नसकी खप्न दसैंको बेलामा,'सम्झेर बुझेर दिइहाल त्यो जोवन,' खोलाको दुई किनारा भव तिम्रो र मेरो पिरती,'लगायत उनका चर्चित गीतहरू छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech