कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का

फिल्मी फण्डा  । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकार राष्ट्रको गौरव भएको बताएका छन्। आज काठमाडौंको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताए।

कलाकारको गीत संगीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कालाकारको कालकारिताले देशमा समाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए।

कतिपय खराब परम्परा बदल्न गीत संगीत र कालाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ। रक्षामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री खड्काले महिलको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान  भएको बताए। 

समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रुपान्तरण र पारिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गरे।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech