जवानले बनायो नयाँ रकेर्ड, ६ सय करोडमाथिको व्यापार

फिल्मी फण्डा । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ले भारतको बक्स अफिलमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको छ । फिल्म जवानले भारतमा प्रदर्शनको २५औं दिनमा ६ सय करोडमाथिको व्यापार गरेको हो । ‘जवान’ले चौथो साताको अन्तम दुई दिन शनिबार र आइतबार भारतमा १७.३ करोड भारुको व्यापार गरेको छ । यसरी जवानले २५ दिनमा हिन्दी, तमिल र तेलुगुसहित भारतबाट ६०४.२५ करोड रुपैयाँ कमाउँदै भारतमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको हो ।

यो फिल्ममा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, सान्या मल्होत्रालगायतको मुख्य भूमिका छ । फिल्ममा विजय सेतुपति, नयनताराजस्ता साउथ स्टार भएकाले पनि साउथमा यो फिल्मले ब्लकबस्टर व्यापार गरेको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech