निर्माता रामप्रसाद रिजाल एपोलो हस्पिटलमा भर्ना

फिल्मी फण्डा । फिल्म निर्माता रामप्रसाद रिजाललाई हस्पिटलमा भर्ना गरिएको छ । उनलाई भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा भर्ना गरिएको हाे। केही समयअघि  उनलाई हृदयाघात भएको थियो । अहिले उनको मुटुमा गम्भीर समस्या देखिन थालेको बताइएको छ । डाक्टरले उनको  मुटुका तीन वटा भल्व ब्लक भएको बताएका छन् ।

रामप्रसादले हालसम्म ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’, ‘कायरा’, ‘डिसेम्बर फल्स’ र ‘गणपति’लगायतका फिल्म निर्माण गरेका छन्

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech