फिल्मी फण्डा– अक्टोबरमा ८ तारिख फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनालेमा भाग लिन विमला बुढाथोकी फिलिपिन्स प्रस्थान गरेकी छन् ।
विश्वभरका सयभन्दा बढी मुलुकको सहभागिता रहने बताइएको मिसेस युनिभर्स २०२३ मा सहभागिता जनाउन उनी आज लन्डनबाट बहराइन हुँदै फिलिपिन्स प्रस्थान गरेकी हुन् । उनलाई लन्डन फेसन हाउसकी डाइरेक्टर डंगोललगायत सम्पूर्ण टिमले बधाई दिँदै विमानस्थलमा बिदाइ गरेका थिए ।
लन्डन फेसन हाउसले गत साता गरेको कोरोनेसन नाइट मा उनलाई टुडेज वुमेनकी प्रेसिडेन्ट मनीषा डङ्गोल र मिसेस् नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले मिसेस् नेपाल युनिभर्स २०२३ को ताज लगाइदिएका थिए ।
ताजसँगै उनले फिलिपिन्समा प्रतिस्पर्धाको अवसर पाएकी हुन् । ८ अक्टोबरमा हुने ग्रान्ड फिनाले अघि विमलाले १ अक्टोबर आइतबारदेखि निरन्तर विभिन्न प्रशिक्षण र क्रियाकलापमा भाग लिनेछन् ।