‘परदेशी–२’को प्रिमियर प्रकाश सपूतको गृहजिल्ला बागलुङमा

फिल्मी फण्डा । नेपाली कथानक चलचित्र ‘परदेशी–२’को प्रिमियर  चलचित्रका शीर्ष अभिनेता प्रकाश सपूतको गृहजिल्लामा बागलुङमा  गरिएको छ ।  बागलुङमा शुक्रबार चलचित्रकाे प्रिमियर गरिएको हो । 

प्रिमियरमा उपस्थित हुनेहरूले चलचित्रले नेपाली समाजको कथा भनेको प्रतिक्रिया दिएका छन् । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले परदेशको सपना देख्ने आम नेपालीको कथाले आफ्नो मन छोएको बताएको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 
अभिनेता प्रकाश सपूतले आफ्नै जन्मठाउँमा जिल्लाबासीसँग बसेर चलचित्र हेरिरहँदा फरक अनुभूति भएको बताए । उनले चलचित्रमा आफ्नो इन्ट्री हुँदै गर्दा दर्शकबाट आएको ‘हुटिङ’ले पुराना दिन सम्झाएको बताए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech