ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

फिल्मी फण्डा– अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धानले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको हो । उक्त उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech