थ्रीडी एनिमेसनका लागि 'इनसेसेन्ट रेन एकेडेमी' सुरु

फिल्मी फण्डा। भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सन्चालन हुने गरी काठमाडौँको हात्तिसारमा इनसेसेन्ट रेन एकेडेमी सुरु भएको छ । 

Studio 3.jpg

नेपालबाट हलिउड लगायतका विश्वका ठुला उद्योगका चलचित्रहरुमा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनए एसोसिएट्स सँगको सहकार्यमा एकेडेमी सुरु गरेका हुन् ।

एकेडेमीको यहि सोमबार उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा युनेस्को कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्टको उपस्थिति रहेको थियो । 

त्यस्तै, बिहिबार नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन् । भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारहरूको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताउँदै एकेडेमीको प्रशंसा गरेका थिए ।

एकेडेमीका संचालक किरणभक्त जोशी टेलिभिजन तथा चलचित्र निर्देशक, निर्माता र एनिमेसन एवं भिजुअल इफेक्ट विज्ञ हुन । उनले यस क्षेत्रमा तीन दशक बढि समय व्यतित गरेका छन् । जोशीले आफ्नो करियर संयुक्त राज्य अमेरिकाको चर्चित हलिउड स्टुडियो वाल्ट डिज्नी स्टुडियोमा सुरुवात गरेका थिए, जहाँ उनले थुप्रै चलचित्रहरुमा काम गरेका छन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech