काठमाडौं । विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने नेपाली फिल्म ‘बाकस’को छायांकन सुरु भएको छ। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्मको सुटिङ कास्कीको धम्पुसबाट थालिएको हो।
पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको पनि अभिनय रहनेछ। बाल कलाकारतर्फ सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत छन्।
सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन्। धिरेन्द्र पन्त (धिरुभाई) कार्यकारी निर्माता रहेको विवरणमा उल्लेख छ।
फिल्मको छायांकन महेश पौडेलले गर्नेछन् भने संगीतको जिम्मेवारी दीपक शर्मा र सनम पुरुष राईले सम्हाल्नेछन्। मणि तामाङ मुख्य सहायक निर्देशक तथा सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा रहनेछन्।
फिल्ममा द्वन्द्व निर्देशन किरण दाहाल, शृंगार उर्मिला लामा, हेयर अस्मिता सापकोटा, स्टिल फोटोग्राफी लक्ष्मण पाण्डे र कोरियोग्राफी सियोन श्रेष्ठको रहनेछ। प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने तथा कस्ट्युम डिजाइनरमा ज्योति केसी र निराजन घिमिरे छन्। फिल्मको पोस्टर डिजाइन आइडलले गर्नेछ।
फिल्मको प्रदर्शन मिति र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।