गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ सार्वजनिक

फिल्मी फण्डा– गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ सार्वजनिक भएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन गीतमा छ ।

गीतको भिडियोमा पुष्प खडका र केकी अधिकारीको अभिनय छ । जीवन शाहीको निर्देशन रहेको भिडियो गीतकार घिमिरे, श्रीमती सुनिता घिमिरेको साथमा नवराज डोटेल, सुजिता सञ्जेल, ओम ज्ञवाली, जुना ज्ञवाली, कृष्ण खनाल, इन्द्रप्रसाद सन्जेल, सरस्वती सन्जेल, माधव ज्ञवाली, रविना केसी, ऐश्वर्या घिमिरे, स्वजल ज्ञवाली,  नितेश घिमिरे, युजन ज्ञवाली, सुप्रिम डोटेल,  श्रेयान्स डोटेल , रोशनी सापकोटा, गुरु पुष्कर खतिवडा लगायतको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech