माघ २६ मा दिवाकरको ‘हनी बनी’ रिलिज हुने

फिल्मी फण्डा– दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘हनी बनी’ माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फष्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक अवतारमा देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर फिल्म हो । भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ ।

एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह–निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । 

फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाही लगायतको समेत अभिनय छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech