कात्तिक १३ मा रिलिज हुँदै ‘परिवार’, पोस्टरमा कामेश्वर महिला र लक्ष्मी पुरुष

 रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘परिवार’को प्रदर्शन मिति तय भएको छ। मदन थापाको निर्देशनमा बनेको फिल्म कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले फिल्मको फस्टलुक सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।

फिल्मको पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई महिलाको अवतारमा र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको भूमिकामा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मको कथावस्तु र पात्रलाई लिएर कौतुहलता सिर्जना गरेको छ।

‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने थिममा निर्माण भएको फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवासहित विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।

प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्ममा निरज कँडेल डीओपी, विशेष महर्जन र जयन्द्र कुँवर छायांकन तथा एनबी महर्जन एक्सन निर्देशकका रूपमा छन्।

रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माता छन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण भएको हो।

image_123650291.JPG

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech