‘पेन्सन पट्टा’मा देशभर दर्शकको उत्साह, बलियो माउथ पब्लिसिटीले बढायो शो

फिल्मी फण्डा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ ले प्रदर्शनको सुरुवाती दिनदेखि नै देशभर उत्साहजनक दर्शक साथ पाइरहेको छ। फिल्मको बलियो माउथ पब्लिसिटीका कारण पछिल्ला दिनमा दर्शकको आकर्षण थप बढ्दै गएको छ।

फिल्म प्रदर्शनमा आएदेखि नै पोखराका शोहरू हाउसफुल भइरहेका छन्। पोखराबाट सुरु भएको यो उत्साह अहिले काठमाडौंसहित देशका विभिन्न सहर र हलसम्म फैलिएको छ।

त्यस्तै, चितवन, झापा तथा काठमाडौंका एफक्युब, सिटी स्क्वायर, लबिम र सिभिल लगायतका हलमा पनि दर्शकको उपस्थिति उल्लेख्य रहेको छ। काठमाडौं बाहिर लमजुङ, दमौली, बुटवल, दमक लगायतका विभिन्न स्थानमा समेत फिल्मले राम्रो दर्शक पाइरहेको छ।

फिल्म हेरेर निस्किएका दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीलाई थप बलियो बनाएको छ। दर्शकको सकारात्मक प्रतिक्रिया एकबाट अर्को हुँदै फैलिँदा फिल्मका शोहरूमा समेत दर्शकको चाप बढिरहेको देखिन्छ।

सामाजिक विषयवस्तु, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखिएको फिल्मले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक रूपमा जोड्न सफल भएको प्रतिक्रिया आइरहेका छन्।

पोखराबाट हाउसफुलको उत्साहजनक सुरुवात गर्दै चितवन, झापा, काठमाडौं, बुटवल, दमक, दमौली, लमजुङलगायतका विभिन्न स्थानमा दर्शकको राम्रो साथ पाउनुले ‘पेन्सन पट्टा’ले आगामी दिनमा अझ बलियो व्यापार गर्ने संकेत देखिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech