‘दिमाग खराब’ को पहिलो गीत ‘बिरामी मुलुक’ सार्वजनिक (भिडियोसहित)

फिल्मी फण्डा– फिल्म ‘दिमाग खराब’ को पहिलो गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको छ । जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको गीतले नागरिकको निराशा बोल्छ ।

देशको राजनीतिक र आर्थिक अवस्थाले नागरिकको जीवनमा पारेको प्रभावलाई गीतमा उतारिएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह लगायतको अभिनय छ ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको फिल्म राजनीतिक–सामाजिक विषयमा आधारित छ । रौनक विक्रम कँडेल निर्माता र सुरजबम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech