फिल्मी फण्डा- अभिनेता गौरव पहारीले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका छन् । गौरव र श्रेणीको बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट भएको हो ।
समारोहमा दुबै तर्फका परिवार, निकट साथी र केही फिल्मकर्मीको समेत उपस्थिति रहेको थियो । इन्गेजमेन्टमा दुबैले औंठी साटासाट समेत गरेका थिए ।