भदौ १२ मा आउने ‘पार्वती’को डबिङ जारी, दीपाश्रीको भाग सकियो

फिल्मी फण्डा।  आगामी भदौ १२ गते प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को डबिङ भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्।

डबिङपछि उनले फिल्मको कथा अपेक्षाभन्दा राम्रो बनेको प्रतिक्रिया दिँदै पटकथाले आफूलाई प्रभावित पारेको बताएकी छन्। फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारीले पनि निर्माण अपेक्षाअनुसार अघि बढिरहेको भन्दै कलाकार र प्राविधिक टोलीप्रति आभार व्यक्त गरेकी छन्।

‘नीता फिल्मस्’को ब्यानरमा बनेको फिल्ममा नीता ढुङ्गाना अधिकारी, दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय छ।

हरिहर अधिकारी निर्माता रहेको फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल छायाकार, साहिल खान सम्पादक तथा रोयल भिमसेन पोस्टर डिजाइनर हुन्। यसअघि यही ब्यानरले ‘ह्रस्वदीर्घ’ निर्माण गरेको थियो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech