‘बेहुली’को क्यारेक्टर पोस्टर सार्वजनिक, साँगीतिक प्रेमकथाको झल्को

फिल्मी फण्डा। नेपाली फिल्म  ‘बेहुली’ को नयाँ भावनात्मक पोस्टर सार्वजनिक गरिएको छ। सोमवार मण्डला थिएटरमा कलाकारहरुले पोस्टरको भावलाई प्रत्यक्ष रुपमा मिडियाको सामु मञ्चन गर्दै पोष्टर सार्वजनिक गरिएको हो । निर्धारित समयभन्दा झण्डै २ घण्टा ढिला शुरु भएको कार्यक्रममा कालकारहरुले नयाँ प्रयोग सहित पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा रहेका कलाकारहरु भौतीक रुपमा उही पात्र र परिवेशमा सार्वजनिक भएका थिए । 

पोस्टरमा मुख्य कलाकार पारस बम ठकुरी कुलब्वाई र दिव्या रायमाझी भावुक अवस्थामा एकअर्कालाई अँगालो हालिरहेको दृश्य देखाइएको छ। सोही दृश्यलाई मण्डला थिएरटमा प्रस्तुत गर्दै कार्यक्रम शुरु भएको थियो । दुलहीको पहिरनमा रहेकी दिव्या र गम्भीर मुद्रामा देखिएका पारसको प्रस्तुतिले फिल्म प्रेम, बिछोड, पीडा र सम्बन्धको गहिरो भावनात्मक कथामा आधारित रहेको संकेत गरेको छ। पोस्टरमा देखिएको हातको हतकडीले कथामा रहस्य र द्वन्द्वसमेत रहेको अनुमान गर्न सकिन्छ।

शसान कडेलको निर्देशन रहेको फिल्ममा पारस र दिव्या को अलवा सुशान्त कार्की, पदम तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्माता संगीतकार समेत रहेका अर्जुन पोखरेल र प्रताप शमसेर राणा हुन्। फिल्ममा साँगीतिक प्रेम कथामा रहने बताइएको छ । फिल्म भदौ २६ देखि दयाहाङ राईको 'पेन्सन पट्टा'सँगै प्रदर्शनमा आउँने बताइएको छ ।

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech