राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित 

फिल्मी फण्डा । प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्।

फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले सिनेमामा जोडिएको बताए। ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने।

अभिनेता भुषाल अभिनित फिल्म ‘रोल नम्बर १’ हाल नेपाली सिनेमाघरमा प्रदर्शनरत छ। सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता अनिलकुमार बुढाथोकी हुन्। सहनिर्मातामा छिरिङ तामाङ रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

हाल फिल्मका कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ। फिल्मका लेखक सुमन गजमेर हुन्। निर्माण पक्षले फिल्मको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ। निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी फिल्म छायांकनमा जाने तयारी गरिएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech