विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने

फिल्मी फण्डा । नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने निर्माणपक्षले जनाएको छ ।

सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यो फिल्ममा नायक विजय बराल र नायिका पूजा शर्मा फाइनल भइसकेका छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा।लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुँदैछ ।
फिल्मको पोष्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । 

यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् । महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको करणले बताएका छन् । सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech