सम्पादनमा १७ वर्षको यात्रा: नहकुल खड्कालाई राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ को सर्वोत्कृष्ट अवार्ड

फिल्मी फण्डा । चलचित्रको पर्दापछाडि बसेर कथालाई जीवन दिने काम गर्ने चलचित्र सम्पादक नहकुल खड्का राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ मा सर्वोत्कृष्ट सम्पादक घोषित भएका छन्। उनले सम्माननीय राष्ट्रपतिबाट पुरस्कार ग्रहण गरेका हुन्।

करिब १७ वर्षदेखि चलचित्र सम्पादन क्षेत्रमा सक्रिय खड्का धनकुटामा जन्मिएका हुन्। सहायक सम्पादकबाट सुरु भएको उनको यात्रा अहिले मुख्य सम्पादकसम्म पुगेको छ। यस अवधिमा उनले २०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।

यस वर्ष ‘के घर के डेरा : घर नम्बर २’, ‘कोसेढुंगा’ र ‘हरिबहादुरको जुत्ता’ जस्ता चलचित्रहरू उनको सम्पादनमा चर्चित बनेका थिए। यसअघि पनि ग्रामीण फिल्म फेस्टिभलमा उनले यही कामका लागि उत्कृष्ट सम्पादकको अवार्ड पाइसकेका थिए।

शान्त स्वभाव, कामप्रति समर्पण र प्राविधिक दक्षताका कारण चिनिने खड्का चलचित्रलाई गति, लय र भाव दिने महत्वपूर्ण प्राविधिकका रूपमा परिचित छन्। उनी चलचित्र सम्पादनलाई “कथाको अन्तिम लेखन” मानिन्छ भन्ने धारणा राख्छन्।

उनको यो उपलब्धिले नेपाली चलचित्रमा पर्दापछाडि काम गर्ने प्राविधिकहरूको भूमिकालाई फेरि एकपटक उजागर गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech