‘ऊनको स्वीटर’को दबदबा, राष्ट्रिय चलचित्र पुरस्कारमा नीर शाहदेखि मदनकृष्णसम्म सम्मानित

फिल्मी फण्डा । राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा फिल्म ‘ऊनको स्वीटर’ सर्वाधिक चर्चामा रह्यो। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा उक्त फिल्मले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीसहित तीन प्रमुख विधामा पुरस्कार जित्यो।

यसैगरी वरिष्ठ अभिनेता नीर शाहले फिल्म ‘परान’बाट उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरे भने मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरियो। समारोहमा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वलाई विशेष योगदान सम्मानसमेत प्रदान गरिएको थियो।

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ विजेताको सूची :

  • उत्कृष्ट चलचित्र – ऊनको स्वीटर

  • उत्कृष्ट निर्देशक – नवीन चौहान (ऊनको स्वीटर)

  • उत्कृष्ट अभिनेता – नीर शाह (परान)

  • उत्कृष्ट अभिनेत्री – मिरुना मगर (ऊनको स्वीटर)

  • उत्कृष्ट पटकथा – याम थापा र दीपक आचार्य (परान)

  • उत्कृष्ट छायांकन – कोशेढुंगा

  • उत्कृष्ट सम्पादन – नहकुल खड्का (कोशेढुंगा)

  • विशेष चलचित्र पुरस्कार – नामछोङ (लिम्बु भाषा)

  • उत्कृष्ट आदिवासी चलचित्र – इन्दिरा धिमे मैचा (नेवारी भाषा)

जुरी प्रोत्साहन पुरस्कार :

  • आना शर्मा – रमिताको पिरती

  • बिमोचन दवाडी – झरी पछिको इन्द्रेणी

चलचित्र दीर्घ साधना सम्मान :

  • मदनकृष्ण श्रेष्ठ

विशेष योगदान सम्मान :

  • विष्णु गोपाल श्रेष्ठ

  • डा. सिंह गुरुङ

  • मेनुका प्रधान

  • अभिनाश विक्रम शाह

  • रोहित रुम्बा

  • प्रकाश सुवेदी

  • एन्जिला तुम्बापो सुब्बा

  • लक्ष्मी बर्देवा

  • विनोद शेरचन

  • शंकर पाण्डे

  • दिनेश सिटौला (मरणोपरान्त)

तस्विर : चन्द्र आले/अनलाईनखबर

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech