अञ्जु पन्तकी छोरी पारितोषिकाको फिल्ममा डेब्यू

फिल्मी फण्डा।  गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । निर्देशक अमरदीप सापकोटाको नयाँ फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् ।

निर्देशक सापकोटाका अनुसार पारितोषिकासँग सोमबार लिखित सम्झौता भएको छ । फिल्ममा उनी शीर्ष पात्रका रूपमा देखिनेछिन् ।

‘केही समयअघि पारितोषिकाले अभिनय गरेको नाटक ‘स्वर्णदेश’ हेरेपछि अञ्जु पन्तसँग यसबारे कुराकानी भएको थियो,’ सापकोटाले भने, ‘हामीलाई नयाँ अनुहार चाहिएको थियो । त्यसैले हामीले नै प्रस्ताव गरेका हौं ।’

पारितोषिकाले मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी छन् । यो फिल्मबाट गायक पशुपति शर्माले पनि अभिनयमा डेब्यू गर्दैछन् ।

रघुनाथ सापकोटाको निर्माण रहने फिल्मको छायांकन असार २८ गतेदेखि सुरु हुने जनाइएको छ । फिल्मको छायांकन कीर्तिपुर र काभ्रेको पनौतीमा हुनेछ ।

हाल फिल्मको पूर्वनिर्माण (प्रि–प्रोडक्सन) कार्य भइरहेको निर्माण पक्षले जनाएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech