फिल्मी फण्डा । राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल–सिजन ४’ को उपाधि पूजा साहले जितेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ग्रान्ड फिनालेमा उनले मुख्य उपाधि चुमेकी हुन्।
क्रिजोना मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा लक्ष्मी बोहोराले ‘द मिसेस नेशनल प्लेटिना’ तथा अप्सरा सुवेदीले ‘द मिसेस नेशनल क्लासिक’ उपाधि जिते। त्यसैगरी जानकी देवी ‘भ्यूअर्स च्वाइस अवार्ड’ र निरु हाङ्सारुम्बा लिम्बु ‘मोस्ट पपुलर अवार्ड’ बाट सम्मानित भए।
प्रतियोगितामा विभिन्न विशेष उपाधिसमेत प्रदान गरिएको थियो। सुष्मा केसी, पवित्रा फुयाँल, शान्ति शाही, श्रद्धा श्रेष्ठ बोहोरा, किसु सुनार, भवानी जिरेल, बिना लिम्बुलगायत सहभागीहरूले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए।
अभिनेता रवि डंगोल, सामाजिक अभियन्ता नानु सिंह तथा पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजना क्रिजोना मिडिया प्रालिले गरेको हो। आयोजक तथा कोरियोग्राफर लभिन अन्सारी ले प्रतियोगिताले विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्ने मञ्च प्रदान गरेको बताए।